काठमाडौं, २६ जेठ । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभा बैठक बस्न सकेन ।
आज दिउँसो २ बजे बोलाइएको बैठक प्रतिपक्षीको अवरोधका कारण अधा घण्टाको लागि रोकिएको थियो । त्यस पछि बैठक बस्दै नबसी दुई दिन पर सारिएको छ ।
अब बैठक आगामी बुधबार दिउँसो १ बजेका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले संसदमा दलहरूबिच छलफल जारी रहेको जनाउँदै बैठक स्थगनको सूचना दिनुभएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि संसद्को अवरोध गरिरहेका छन् ।
सरकार पक्षले आवश्यक अनुसन्धान अघि बढाइसकेको दाबी गर्दै संसद्को नियमित सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीहरू माग पुरा नभएसम्म सदन चल्न नदिने अडानमा छन् ।
संसद् बारम्बार अवरुद्ध हुँदा बजेट तथा कार्यक्रम लगायत महत्त्वपूर्ण कार्यसूची प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्