जनता टाइम्स

१ असार २०८२, आईतवार २३:३६

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ पर्नेछ ।