जनता टाइम्स

२ असार २०८२, सोमबार ११:३०

प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा पशुपति पोखरेल निर्वाचित, यस्तो बन्यो कामकाजी टीम (सूचीसहित)


बेलायत, असार २ । प्रवासी नेपाली मञ्च  (ओएनएफ) बेलायतको अध्यक्षमा पशुपति पोखरेल निर्बिरोध निर्वाचित हुनुभएको छ । सोमवार बिहान सम्पन्न नवौं राष्ट्रिय अधिवेशनबाट पोखरेल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी रहनुभएको अधिवेशनले अध्यक्षसहित सवै पदमा निर्बिरोध निर्वाचित गरेको हो ।

जसअनुसार उपाध्यक्षमा प्रतिमा जिसी, डा. मुकुन्द बास्तोला, लिलामान सेरपुञ्ज पुन, सुदेशा बजगाईं, सचिवमा गंगा क्षेत्री, उपसचिवमा हरि आचार्य, श्याम लुईटेल र दुर्गा बानियाँ निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा शम्भु अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिमित्सिना, बीरकाजी गुरुङ, अन्जु पाठक र प्रेम गुरुङ निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले केन्द्रीय सदस्य एवं ओएनएफ युरोप रओसियाना महादेश इञ्चार्ज घनश्याम पाण्डे, ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य प्रभु थापा, ओएनएफ बेलायतका निवर्तमान अध्यक्ष दुर्गा भुजालीलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।