काठमाडौं, ३ असार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण तय भएको छ ।
उहाँ आगामी असार १४ देखि २० गतेसम्म स्पेन भ्रमणमा जान लाग्नुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उहाँको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन उहाँ त्यसतर्फ जान लागेको बताइएको छ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । यस्तै मन्त्रिपरिषद्ले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्नेलगायतका निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्