काठमाडौं, असार ३ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर हुनुभएको छ । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेपछि फरार रहनुभएको थियो ।
उहाँ मंगलवार अदालतमा उपस्थित हुनुभएको हो । अदालतमा हाजिर भएसँगै मिश्रको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।
सोमवार मात्र अदालतमा उपस्थित भएर बयान दिएका राप्रपाका सांसद धवलशमशेर राणा भने ३ लाख धरौटी तिरेर छुटनुभएको छ । राणा धरौटीमा रिहा भएपछि अव आफू पनि जेल होइन रिहा हुने भन्दै मिश्र आज हाजिर हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्