जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ०९:००

प्रधानमन्त्री ओली र स्पेनी समकक्षी सान्चेजबीच आधा घण्टा भेटवार्ता हुने


काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने हुनुभएको छ। सन् २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो। संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिन शनिबार आउन लागेका प्रधानमन्त्री ओलीले आउँदो सोमबार (जुन ३०) आफ्नो स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार दुई प्रधानमन्त्रीबीच सेभियामा आधा घण्टा लामो भेटवार्ता हुनेछ। ‘भेटमा पर्यटन, व्यापार र आर्थिक कूटनीतिका क्षेत्रहरूमा आपसी सहयोगका विषयमा छलफल हुनेछ। यसबाट दुबै देश लाभान्वित हुने अपेक्षा गरिएको छ,’ राजदूत नेपालले भन्नुभयो ।