मेड्रिट (स्पेन) १५ असार : संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिट आइपुगेको हो । उहाँहरु आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्