जनता टाइम्स

१७ असार २०८२, मंगलवार १५:१८

कुलिङ पिरिय सम्बन्धमा त्रुटि भए राष्ट्रियसभाबाट सच्याइन्छ : सभामुख घिमिरे


काठमाडौं, १७ असार ।  सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी अहिले चलिरहेको बहसबारे त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताउनुभएको छ ।

सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा आज पत्रकारसँग कुरा गर्दै उहाँले समितिबाट जे प्रस्ताव आयो, त्यही प्रतिनिधिसभाबाट पारित भएको बताउनुभयो । के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने र थप अध्ययन आवश्यक पर्ने सभामुख घिमिरेले बताउनुभएको छ ।

विधेयक राष्ट्रियसभामा पुगेको र संशोधनपछि पुनः प्रतिनिधिसभामा फर्किने उहाँको भनाइ छ । सङ्घीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा थपघट गरी जालझेल भएको भन्दै अहिले सार्वजनिक रूपमा बहस भइरहेको छ ।