जनता टाइम्स

२३ असार २०८२, सोमबार ०९:०२

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


काठमाडौं,असार २३। प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नु हुने भएकाे छ। आज दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले हालै सम्पन्न स्पेन भ्रमण लगायतका विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने कार्यक्रम रहेको छ। ओली ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर गत शुक्रबार स्वदेश फर्किनु भएकाे हाे ।

भ्रमणका क्रममा उहाँले विभिन्न मुलुकका राष्ट्रप्रमुखहरूसँग भेटवार्ता गर्नु भएकाे थियाे । उहाँले स्पेन सरकारका पदाधिकारीहरूसँग पनि द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल गर्नु भएकाे थियाे ।

आजको सम्बोधनमा प्रधानमन्त्रीले विदेश भ्रमणको उपलब्धि, द्विपक्षीय सहकार्यका सम्भावना तथा नेपालको कूटनीतिक प्राथमिकताका विषयमा धारणा राख्नु हुने भएकाे छ ।