काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राख्नुभएको हो । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुग्नुभएको थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्