काठमाडौं, कात्तिक २९ । चर्चित ब्यापारिक घराना ज्योति ग्रुपका सञ्चालक व्यवसायी डा. रुप ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि जाहेरीकर्ता स्वयंले प्रहरीमा निवेदन दिएका छन । रकम ठगीको आरोपमा प्रहरीमा जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले पूर्वअर्थ राज्यमन्त्री डा. ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि निवेदन दिएका हुन ।
एक हप्ताअघि जाहेरी परेपछि रुप ज्योति र उनकी छोरी सुरुचि ज्योति पक्राउ परेका थिए । उनीविरुद्ध दुई पटक म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहँदा अदालतले सो ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउका लागि अनुमति दिएको थियो । तर यहीबीचमा जाहेरवालाले मल्लले मुद्दा फिर्ताको निवेदन दिएका हुन । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मल्लले फिर्ताको लागि निवेदन दिए पनि प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलमा बुझाइसकेको छ ।
तर मल्लले ठगी भएको भनिएको रकम फिर्ता पाएको निवेदन दिएपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन बाँकी छ । बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी भएको भन्दै मल्लले रुप ज्योतिविरुद्ध उजुरी गरेका थिए । उनले अदालतमा अभियोगपत्र दायर हुनुअघि नै ठगी भएको रकम फिर्ता पाएको जनाई निवेदन दिएका हुन ।
प्रतिक्रिया दिनुहोस्