जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार १८:०९

एनएमबि बैंकले नेपाल प्रहरीलाई हस्तान्तरण गर्यो उद्धार सामग्री


काठमाडौं, साउन २० । एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ(बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्धार सामग्रीहरू नेपाल प्रहरीलाई मंगलबार प्रहरीलाई हस्तान्तरण गरेको छ।

मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैंकले काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द घिमिरेले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजीप) टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्धार सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन्।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ। यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।