जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार ०९:३२

नेपाल प्रहरीका ४१ जना डीएसपीको सरुवा, को कहाँ ?


काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ।

गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मङ्गलबार जारी गरेको पत्र अनुसार, प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रचलित नियमावलीका आधारमा उनीहरूको सरुवा तथा काज गरिएको हो।

सरुवामा परेका डीएसपीहरूलाई हाल सरुवा भएको दरबन्दीवाट तलब, भत्ता पाउने व्यवस्था गरिएको पत्रमा उल्लेख छ। सम्बन्धित कार्यालयहरूलाई सरुवासम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्न र आवश्यक कारबाही अघि बढाउन पनि निर्देशन दिइएको छ।

null