काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाप्रति प्रतिशोध साधेको हो भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साधिएको हो भने अरू कानुन अनुसार थुनामा गएका हुन भन्ने प्रश्न पनि गर्नुभयो । ‘अदालत सरकारको इसारा अनुरूप चल्छ, चल्दै आएको छ त ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

उहाँले भिजिट भिसामा विदेश गएर उतै बसी उतैको नागरिक बन्दै नेपाल फर्केर नयाँ नागरिकता नलिई सांसद र मन्त्री बनेकाले अरूलाई आरोप लगाएको बताउनु भयो । रविको नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताउनु भएको हो ।
रवि भिजिट भिसामा अमेरिका गएर नेपालको नागरिकता त्याग्दै उतैको नागरिक बन्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्