रामेछाप, साउन २९ । रामेछापकाे उमाकुण्ड गाउँपालिका–३, कुभुकास्थलीकाे जनता माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले आर्थिक सहयोग गर्नु भएको छ।
विद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतका अनुसार, गाैतमकाे योगदानले विद्यालयको खेलमैदान खरिद र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। ‘शिक्षा प्रेमी, समाजसेवी, सफल निर्माण व्यवसायी शिक्षामा मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि आर्थिक कमजोर अवस्थामा रहँदा रामेछाप बासीको घाउको मलम भई साराको दुःख आफ्नो दुःख महसुस गर्दै हरपल सहयोगको लागि मेरुदण्ड जस्तै उभिरहनुहुने गौतमले यस विद्यालयको खेल मैदान खरिदका निम्ति सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद’, उहाँले भन्नुभयो ।
सहयोग अन्तर्गत गौतमले १ लाख रुपैँया प्रदान गर्नु भएको विद्यालयले जनाएको छ। ‘उहाँको यस सहयोगले सम्पूर्ण कर्म खोजेर भौँतारिरहेका भविष्यका कर्णधारहरूको सर्वाङ्गीण विकास हुने अपेक्षा गर्दै छौँ’, विद्यालयले भनेको छ ।













प्रतिक्रिया दिनुहोस्