रामेछाप, साउन ३० । मन्थली नगरपालिका–१ मा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
शुक्रबार बिहान ७ देखि ८ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुभाष चन्द्र मण्डलको कमाण्डमा कार्यक्रम सञ्चालन गरिएको हो। सामुदायिक अस्पताल मन्थलीको सहयोगमा खिम्ती–मन्थली–सेलेघाटमार्गमा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमअन्तर्गत २६ जना चालकहरूको स्वास्थ्य परीक्षण गर्दा ३ जनामा रक्तचाप (प्रेसर) अधिक देखिएको प्रहरीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएका चालकहरूलाई चिकित्सकले तत्काल स्वास्थ्य सुधारका लागि आवश्यक सल्लाह र सुझाव प्रदान गरेका थिए।













प्रतिक्रिया दिनुहोस्