जनता टाइम्स

८ भाद्र २०८२, आईतवार २२:०३

आधुनिक भवनमा सर्यो उद्योग तथा व्यवसायी महासंघ केन्द्रीय कार्यालय, अव सीटीसी मलमा केन्द्रीय कार्यालय


काठमाडौं, भदौ ८ । नेकपा एमाले निकट उद्योगी ब्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय कार्यालय आधुनिक भवनमा स्थानान्तरण भएको छ । भगिरथ सापकोटा नेतृत्वको टीमले राजधानीको सुन्धारास्थित सीटीसी मलमा कार्यालय स्थानान्तरण गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख पूर्वमन्त्री भानुभक्त ढकालले महासंघको नयाँ केन्द्रीय कार्यालयको आइतबार उदघाटन गर्नुभयो । महासंघका अध्यक्ष भगिरथ सापकोटाका अनुसार सीटीसी मलको दोस्रो तलामा रहेको केन्द्रीय कार्यालयबाट महासंघका सबै प्रशासनिक काम थालिएको छ ।

यसअघि महानगरीय ट्राफिक कार्यालयको पछाडि रहेको पार्टी प्यालेसको भवनमा महासंघको कार्यालय रहेको थियो । स्थानान्तरण गरिएको नयाँ कार्यालयलाई आधुनिक बनाइएको छ ।कार्यक्रममा महासंघले राजनीतिक दल, प्रशासन, निजी क्षेत्र र मिडिया क्षेत्रबीच पुलको काम गर्दै आएको अध्यक्ष सापकोटाले बताउनु भयो । महासंघको वर्तमान कार्यसमिति सापकोटाको नेतृत्वमा ९९ सदस्यीय छ । २०६९ सालमा स्थापाना भएको महासंघमा हाल २५ हजार सदस्य रहेका छन ।

कार्यक्रममा अध्यक्ष सापकोटाले आफूहरुले पुस्तान्तरणको कुरालाइृ ब्यवहारमा उतार्दै एमालेका तेस्रो पुस्ताका नेतालाई प्रमुख अतिथी बनाएर अभियान थालेको भन्दै पहिलो पुस्ताकै नेतालाई जसरी प्राथमिकता दिन आग्रह गर्नुभयो । ढकाल एमालेमा तेस्रो पुस्ताका नेता हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथी ढकाल, महासंघकी इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य रचना खडकालगायतका नेताहरुले महासंघलाई अझ गतिका साथ आफ्नो समुदायमा स्थापित हुनुभयो ।