जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार ०७:१८

काठमाडौंमा बिहानैदेखि वर्षा, यी प्रदेशमा हुनेछ भारी वर्षा


काठमाडौं, १२ भदौ । आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार लुम्बिनीको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार बिहान देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परिरहेको छ।आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। राती देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। नेपालमा बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको पूर्वानुमान महाशाखाले जनाएको छ। हाल काठमाडौं मुग्लिन र विपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्।