काठमाडौं, भदौ १७ । शिक्षा ऐनमा समावेश गरिएका पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने संवेदनशील विषयमा ध्यानाकर्षण गराउन शिक्षा क्षेत्रका प्रमुख निजी संघ–संस्थाहरूको संयुक्त प्रतिनिधि मण्डलले मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भेट गरेको छ।
ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा भएको भेटमा हिसानका अध्यक्ष युवराज शर्मा, पाब्सनका अध्यक्ष कृष्ण अधिकारी र डिके ढुङ्गाना, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने तथा प्राइभेट कलेज एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र भण्डारी सहभागी हुनुहुन्थ्यो।
प्रतिनिधि मण्डलले शिक्षा ऐनमा उल्लेखित कतिपय प्रावधानले निजी शिक्षा क्षेत्रमा देखिने व्यावहारिक चुनौती र सम्भावित असरबारे महासचिव पोखरेललाई जानकारी गराउँदै सकारात्मक समाधानका लागि पहल गर्न अनुरोध गरेको थियो।

भेटवार्तामा महासचिव पोखरेलले निजी शिक्षा क्षेत्रका माग र सरोकारलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ऐन कार्यान्वयनमा व्यावहारिक पक्षलाई अनिवार्य रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्