जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १४:५०

जेन–जीको प्रदर्शन : एकजनाको मृत्यु, एक सय बढी घाइते 


काठमाडौं, भदौ २३ । जेन–जीको आन्दोलनका क्रममा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको परिचय खुलेको छैन ।

सोमबार जे–जीको आन्दोलनका क्रममा गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचार क्रममा ज्यान गुमाएकाको परिचय खुलेको छैन । अस्पतालमा एकसय बढी घाइतेको उपचार भइरहेको छ ।