जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १४:३३

प्रधानमन्त्री केपी ओलीले दिए पदबाट राजिनामा


काठमाडाै‌ं, भदाै । प्रधानमन्त्री केफ शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँकाे निजी सचिवालयले साे कुराकाे जानकारी दिएकाे हाे ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७७ (१) क अनुसार पदबाट राजीनामा दिएकाे उल्लेख गर्नु भएकाे छ । उहाँले राष्ट्रपतिलाई पठाएको पत्रमा २०८१ असार ३१ गते प्रधानमन्त्री पदमा नियुक्त भएपनि हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि यो निर्णय लिनु आवश्यक भएको उल्लेख गर्नु भएकाे छ ।

प्रधानमन्त्री ओलीले संविधानको व्यवस्था अनुसार आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको छ।

जेनजी पुस्ताले साेमबार गरेकाे आन्दाेलनमा १९ जना युवाकाे ज्यान गएपछि उत्पन्न परिस्थितलाई ध्यान दिँदै उहाँले पदबाट राजीनामा दिनुभएकाे हाे ।