जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार २१:५३

प्रधानमन्त्री सुशिला कार्कीद्वारा शपथ, मन्त्री नियुक्त भएनन


काठमाडौं, भदौ २७ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ गराउनु भयो । शपथलगत्तै कार्कीले प्रधानमन्त्रीको शपथ पत्रमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति पौडेलले आजै संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री र ४२ औं प्रधानमन्त्रीका रुपमा इतिहास रच्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले शपथसँगै सानो आकारको मन्त्रिपरिषद बिस्तार गर्ने बताइए पनि आज कुनै मन्त्री नियुक्त भएनन । प्रधानमन्त्री कार्कीले सवै मन्त्रालय आफैले राख्नुभएको छ ।