काठमाडौं, भदौ २७ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने हालको निर्णयप्रति गम्भीर असहमति प्रकट गरेकाे छ ।

पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी साे निर्णयकाे आपत्ति जनाउनुभएकाे हाे । आकस्मिक रूपमा बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको कदम संवैधानिक व्यवस्थाविपरीत भएको ठहर गर्दै त्यसप्रति कडा असहमति जनाएको छ ।
बैठकले वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै संसद् विघटन जनताका अधिकारमाथिको आघात भएको भन्दै यसको विरुद्ध स्पष्ट राजनीतिक धारणा बनाउने निष्कर्ष निकालेको सापकोटाले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्