जनता टाइम्स

२९ भाद्र २०८२, आईतवार १४:१९

जेनजी आन्दोलनमा आगो लगाइएको काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा क्षतविक्षत अवस्थामा भेटियो ६ वटा शव


काठमाडौं, भदौ २९ । जेनजी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा ६ वटा शव भेटिएको छ ।

आगोले जलेर क्षतविक्षत भएको अवस्थामा शव फेला परेका हुन्। सो स्टोरमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका छन् । व्यवसायी मीनबहादुर गुरुङले २० हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएर देशभर सञ्चालन गर्दै आउनुभएको भाटमटेनीमाथि जेनजी आन्दोलनको क्रममा घुसेका अपराधीहरुले निशाना बनाएर आगनी गर्दा चुच्चेपाटीमा यस्तो विभत्स हत्या भएको हो ।

आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन। शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। यहाँ रहेको भाटभटेनीमा पनि तोडफोड र आगजनी भएको थियो ।