जनता टाइम्स

१ आश्विन २०८२, बुधबार ०९:०८

बालेलनलाई लक्षित गर्दै हर्ककाे स्ट्याटस :  लुकेर फेसबुकमा स्ट्याटस लेख्दै अरूलाई उचाल्नेले  मसँग नजर जुधाउन सक्दैनन्


काठमाडौं, असोज १ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडाैं महानगरपालिका प्रमुख बालेनद्र साह बालेनलाई लक्षित गर्दै अरूलाई उचाल्ने काम गरेको आरोप लगाउनु भएको छ ।

मंगलबार बिहान फेसबुकमार्फत उहाँले लुकेर अरूलाई उचाल्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ। ‘ लुकेर फेसबुकमा स्ट्याटस लेख्दै अरूलाई उचाल्ने ! आगो लागे पछि निभाउन नजान्ने, नसक्ने, नचाहने, विदेशी इशारालाई आफ्नो मार्ग दर्शन ठान्ने, आफ्नै मौलिक भिजन नभएको, प्रभुशक्तिको आडमा आफूलाई शक्तिशाली ठान्नेहरूले म सङ्ग नजर जुधाउन सक्दैनन्’,  मेयर साम्पाङले आफ्नो स्ट्याटसमा लेख्नुभएको छ।

साम्पाङले आफू ‘यो माटोमा उम्रिएको मान्छे’ भएको उल्लेख गर्दै आफू आयातित वा ‘इन्जेक्टेड’ नभएको बताउनुभएको छ ।

जेनजी आन्दोलनको परिवर्तन पछि प्रधानमन्त्री बन्ने भन्दै उहाँ काठमाडाैं आउनु भएको थियो । तर उहाँले प्रधानमन्त्री र मन्त्रीको जिम्मेवारी पाउनु भएन । त्यस पछि लगातार बालेनका विरुद्ध स्ट्याटस लेख्दै आउनु भएको छ ।