जनता टाइम्स

४ मंसिर २०७६, बुधबार २१:५८

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, उपेन्द्र यादव बने कानुनमन्त्री (आधिकारिक सुचिसहित)


काठमाडौं, मंसिर ४

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाले केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री थप्नु भएको छ । केहीको जिम्मेवारी हेरफेर गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

को-को बने नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गर्नुभएको छ । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री हुनुभएको छ ।
नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु भएको छ । भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । यसैगरी तीन जना नया राज्यमन्त्री समेत नियुक्त भएका छन् । उद्योगपति दुगडलाई आपूर्तिराज्य मन्त्री, नवराज रावत स्वास्थ्यराज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

यथावत रहेका मन्त्री

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहेको छ ।

को–को हटे ?

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र राज्यमन्त्री सबै हटाइएको छ ।

कस्को मन्त्रालय फेरबदल ?

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिनु भएको छ । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्दा उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।