जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार १८:५७

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसिफेला योजना सार्वजनिक


काठमाडौं, असोज ३ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी अटो पार्टस प्रालिले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउन र ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको छ।

हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना ल्याएको हो।

यस योजनामा सहभागी हुने ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित एक हजारसम्मका क्यासब्याक कुपनहरू पाउनेछन भने लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

पुरस्कार योजना :
– रु १,००,००० भन्दा बढीको खरिदमा – १५०सिसिको बजाज पल्सर (बम्परउपहार)
– रु ७५,००० भन्दाबढीकोखरिदमा – १२५ सिसिको टिभिए सस्कुटर
– रु २५,००० भन्दा बढीको खरिदमा – स्मार्ट टिभी
– रु ५,०००भन्दा बढीको खरिदमा – स्मार्टफोन

सक्कली पार्ट्सको लाभ :

टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका महत्वपूर्ण अङ्गहरूलाई दिगो संरक्षण गर्ने मात्र होइन, मर्मत खर्चमा समेत बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चित गर्दछ।

टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्सर टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालि हो। नेपालको सवारी साधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट बन्दै आएको छ।