जनकपुर, असोज ४ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव रघुबीर महासेठ आफ्नै कारण चर्काे बिवादमा पर्नुभएको छ ।
गलाभरी माला लगाएर आगजनीले ध्वस्त आफ्नै घर निरीक्षणमा पुगेपछि पूर्वमन्त्री महासेठको चर्काे आलोचना भएको छ । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री महासेठ शनिवार गलाभरी माला लगाएर आगजनी भएको आफ्नो घरको निरीक्षण गर्न जानुभएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो घरको निरिक्षण गर्न माला लगाएर पुग्नुभएको छ । पूर्वमन्त्री महासेठ ठूलो जमातसहित माला लगाएर आफ्नो घर निरीक्षण गर्न पुग्नुभएको थियो । पूर्वमन्त्री महासेठको यो तस्विरसहित सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।













प्रतिक्रिया दिनुहोस्