काठमाडौं, असोज १०। नेकपा माओवादी केन्द्रले आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। आज सम्पन्न केन्द्रीय कमिटी बैठकले वर्तमान केन्द्रीय कमिटीलाई भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो।
महाधिवेशनले पार्टीलाई ‘क्रान्तिकारी रूपान्तरण’ गर्ने एजेण्डा तय गरिएको छ । उहाँका अनुसार, विशेष महाधिवेशन आगामी चरणमा पार्टीको संगठनात्मक संरचना, विचार र कार्यदिशामा गहिरो पुनरावलोकन गर्ने अवसर बन्नेछ। बैठकले आगामी फागुन २१ गते हुने तय भएको आम निर्वाचनलाई समयमै सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।
पार्टीभित्र लामो समयदेखि चल्दै आएको ‘पुनर्संरचना र वैचारिक स्पष्टता’ को बहसलाई महाधिवेशनमार्फत टुंगो लगाउने अध्यक्ष प्रचण्डले बैठकमा बताउनुभएकाे थियाे । विशेष महाधिवेशनका लागि तयारी अभियान छिट्टै सुरु गर्ने निर्णय भएको छ।













प्रतिक्रिया दिनुहोस्