काठमाडौं, असोज १२। प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त गर्नुभएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रूपमा नियुक्त खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रका अनुसन्धान सल्लाहकार हुनुहुन्छ। उहाँ उकालो अभियान का निर्देशक र उकालो अनलाइन का प्रधान सम्पादकसमेत रहनुभएको छ।
यस्तै, जनसम्पर्क सल्लाहकारमा नियुक्त तिमिल्सेना उज्ज्वल थापा फाउण्डेशनका उपाध्यक्ष हुनुहुन्छ। उहाँलाई सञ्चार र जनसम्पर्क क्षेत्रमा अनुभवसहितको व्यक्तित्वका रूपमा लिइन्छ।
बैठकपश्चात् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दुवै सल्लाहकार नियुक्तिको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयका गतिविधि सुदृढ बनाउन उहाँहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्