काठमाडौं, असाेज १३ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पन्न वर्तमान परिस्थितिको समाधान संविधानभित्रै खोज्नुपर्ने औँल्याउनुभएको छ।
वडादशैँको अवसरमा प्रकाशित शुभकामना सन्देशमार्फत उहाँले नेपालको सर्वोच्च कानुन संविधान रहेको स्मरण गर्दै त्यसैबाट नै निकास निकाल्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नु भएको छ, ‘संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ। सात दशकभन्दा लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबमोजिम निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, स्थिरता र प्रगति सुनिश्चित हुन्छ।’
सभापति देउवाले यस सन्दर्भमा समृद्धि, एकता र शान्तिको मार्गमा सबै नागरिकको सक्रिय योगदान आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्