जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार ०६:५९

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै


 

काठमाडौं, मंसिर ६ ।  शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।

‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुसं बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ एक कुटनिती स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए ।