जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार २०:२६

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे काठमाडौं उपत्यका


काठमाडौं, १४ असोज । साढे ५ लाख बढी मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यकाबाट बडादशैंको चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यकाबाट बाहिरिएको जनाएको हो।

काठमाडौं उपत्यका छोड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ। यात्रुको सहजता, सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय भएको प्रहरीले बताएको हो ।

ट्राफिक प्रहरीहरु २४ सैं घण्टा सडकमा खटिएको छन् । साथै दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ वटा सवारी साधनबाट २ लाख ८५ हजार ३ सय ८ जना यात्रुहर भित्रिएका छन् ।