बेइजिङ, मंसिर ६
चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेट भएको छ । मुद्रा कोषकी प्रबन्ध निर्देशक नियुक्त भएपछि पहिलोपटक चीन भ्रमणमा रहेकी जर्जियभा र चिनियाँ राष्ट्रपति चिनफिङबीच विश्व व्यापारमा देखिएको तनाव र आर्थिक मन्दिका विषयमा छलफल भएको बताइएको छ ।
त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताउनुभयो । विश्वमा हाल बहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राखेको जनाइएको छ । विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको पनि चिनियाँ राष्ट्रपतिले बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्