काठमाडौं, असोज २३ । जेनजी आन्दोलनमा तोफोड र आगजनी गराएको अभियोगमा राप्रपाका नेता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बिहीबार काठमाडौंको सुकेधाराबाट हमाललाई पक्राउ गरिएको हो । हमालमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ ।
हमाल राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्छ । जेनजी आन्दोलनमा राप्रपाको निर्देशनमा हमालसहितको टोलीले आगजनी, तोडफोड र लुटपाटका लागि उक्साएको प्रहरीको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्