जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार १३:४१

गुण्डुमा एमाले सचिवालय बैठक सुरु


काठमाडौं,  असोज २६। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो ।

रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।