काठमाडौं, असोज २६ । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ ।
इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपिन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराउनुभएको हो । “मिडियामा विपिन जीवित रहेको र हमासले उहाँलाई रिहा गर्न लागेको खबर आइरहेको छ । यस सम्बन्धमा बुझ्दा इजरायलको प्रधानमन्त्रीका सल्लाहकार गल हिर्शले विपिन जीवित भएको प्रमाण हालसम्म आफूहरूलाई प्राप्त नभएको बताएका छन्,” इजरायलका लागि नेपाली राजदूत पण्डितले भन्नुभयो ।
प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा विपीनलाई पनि बन्धक बनाएर लगेको थियो ।
गत साता इजरायल र हमासबीच युद्ध अन्त गर्न सहमति बनेपछि हमासले आफूसँग बाँकी रहेका ४६ जना बन्धकलाई रिहा गर्ने घोषणा गरेको छ । रिहा गर्न लागिएका ४६ जनामध्ये २० जनामात्र जीवित रहेको विश्वास गरिएको छ । विपीनसहित दुई जनाको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्