काठमाडौं, असोज २७ । ‘बिदेशमा बसेर मेहनतका साथ काम गर्दै हामीलाई तालिम दिनुभयो । तालिमबाट सिप सिकेपछि हामीहरु आफै ब्यवसाय गर्न सक्ने भएका छौं । यस्तै काम अन्त पनि होस, हामीलाई एडभान्स तालिम दिने ब्यवस्था पनि गरेर पूर्ण रुपमा ब्यवसाय गर्न सक्षम बनाउन सघाउनोस,’ यो भनाई हो ललितपुरमा एक साता लामो नेल आर्ट प्रशिक्षणमा सहभागी महिला दिदीबहिनीहरुको ।
आइतवार आयोजित कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै ३१ जना महिला दिदीबहिनीहरुले आफूहरुलाई तालिम दिएर आफै केही गर्न सक्ने बनाएको भन्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) को दिल खोलेर प्रसंशा गरे अन धन्यवाद दिए । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी महिला बिभागले लिलितपुरमा एक हप्ते नेल आर्ट प्रशिक्षण सञ्चालन गरेको हो ।
अमेरिकामा बसोवास गर्दै आउनु भएकी बिभाग प्रमुख कुन्ती थापा र सचिव सरिता भट्टराई आफै आएर यो तालिम सञ्चालन गर्नुभएको थियो । सो तालिमको समापन गत भदौ २२ गते प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य प्रभु थापाको प्रमुख आतिथ्यमा समापन गरिएको थियो भने सोमवार अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा प्रमाणपत्र बितरण गरिएको हो ।
तालिममा सहभागी भएकाहरुलाई अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा नेपाल आएको अवसरमा आइतवार अर्थात असोज २६ गते लगनखेलमा बिशेष कार्यक्रमको आयोजना गरी प्रमाणपत्र बितरण गरिएको छ । ओएनएफले मातृभूमि नेपालमा महिला सशक्तिकरण र रोजगारी सिर्जना होस भनेर तालिम दिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले बिदेशमा मेहनत र दुःख गरेर कमाएको सम्पत्ति जोगाएर नेपालमा केही गर्न सकियोस भनेर तालिममा सघाएको भन्दै अध्यक्ष थापाले आफै उद्यमसिलताको काम गरेर सिकेको सीपलाई सदुपयोग होस भन्ने मात्रै ओएनएफको स्वार्थ रहेको बताउनु भयो। ओएनएफ बिदेशमा रहेका नेकपा एमाले समर्थक प्रवासीहरुको संस्था भएको भन्दै थापाले सिकेको सीपको सदुपयोग होस भन्नेबाहेक अरु स्वार्थ छैन भन्नुभयो ।
‘चुनावमा सक्नुहुन्छ भने एमालेलाई भोट हाल्नोस, हामी एमालेलाई माया गर्ने र एमालेको बिचारमा आवद्ध भएकाहरुको संस्था हौं, फोर्सचाँहि गर्दैनौं तर तपाईहरुले तालिममा जुन सिप सिक्नुभयो, त्यो सीपको सदुपयोग भयो भने हाम्रो लगानी सदुपयोग भयो भनेर फेरि पनि यस्ता काम गर्छौं,’ अध्यक्ष थापाले भन्नुभयो । उहाँले नेपालमा भदौ २३ गते भएको घटनाले निकै चिन्तित बनाएको भन्दै देशबिरुद्ध बिदेशीको चलखेलप्रति सवै नेपाली सजग र सचेत हुनुपर्ने धारणा पनि राख्नुभयो ।
ओएनएफका सचिवालय सदस्य प्रभु थापाको अध्यक्षता र महिला बिभाग सचिव सरिता भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षक श्रुती श्रेष्ठ, राष्ट्रपति चुरे तराई बिकास समितिका सदस्य कमला ओलीसहितका बक्ताहरुले तालिमको बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममात तालिममा सहभागी भई उत्कृष्ट हुने तीन जनालाई पुरस्कृत समेत गरिएको छ ।
प्रमाणपत्र बितरण कार्यक्रममा अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य सन्तोष भट्टराई, सल्लाहकार बलराम थापासहित एक दर्जन नेताहरु सहभागी हुनुभएको थियो ।





















प्रतिक्रिया दिनुहोस्