रौतहट, असोज २८ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताउनुभएकाे छ । यद्यपि, विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उहाँको भनाइ छ ।
रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरेपनि पर्याप्त समय र गृहकार्य नभएको बताउनुभयाे । अबको पाँच महिना भित्र चुनावको आवश्यक सामग्री र कर्मचारी ठाँउठाँउमा पुर्याउन चुनौती रहेको उहाँको भनाइ छ ।
उहाँले मधेशी जेनजीवादीहरु आफूसँग भेट गरेको स्विकार गर्दै उनले चुनावमा सहयोग गर्न भनेको बताउनुभयाे । ‘हाम्रा उम्मेदवार नभएको स्थानमा सहयोग गर्ने कुरा भयो’, उहाँले भन्नुभयाे, ‘मधेशी जेनजीवादीहरुले मधेशकै मुद्दा उठान गरेका छन्।’
यस्तै, गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिनुभयाे । ‘प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि यस्तै भयो भने हामी सडकमा हुन्छौँ,’ अध्यक्ष ठाकुरले भन्नुभयाे । मधेशका अधिकारहरू लडेर प्राप्त गरिएको भन्दै उहाँले कसैको दयाले नभई संघीयता सयौं सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि भएको बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्