जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार ०७:४५

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने


काठमाडौं,  असोज २९ । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा बोलाउनुभएको छ । प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्न सभामुखले बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाउनुभएको हो ।

सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने ? भनेर दलहरूको धारणा लिन लागेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।