जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १४:०९

एकीकृत समाजवादीलाई केपी ओलीको प्रस्ताव : अन्यत्र बास खोज्दै नहिँड्नुहोस्, आफ्नै घरमा आउनोस्


काठमाडौं, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टीलाई एकताका लागि आउन प्रस्ताव गर्नुभएको छ ।

जावलाखेलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो प्रस्ताव गर्नुभएको हो । उहाँले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको भन्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा एमालेमै आउन आग्रह गर्नुभयो ।

‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस् । लाखौं कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस्,’ ओलीले भन्नुभयो । उहाँले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गर्नुभएको छ ।