जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार ०९:२८

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए


काठमाडौं, कातिक १  । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।