काठमाडौं, कातिक ६। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि कटाक्ष गनुभएको छ।
उहाँले हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको बताउँदै दोषी जोसुकै भए पनि कानूनी कारबाही हुनुपर्ने बताउनुभएको छ । पोखरेलले २३ र २४ गते भएका विध्वंस र लुटपाटका घटनामा संलग्नहरूलाई पक्राउ गर्न खोज्दा गृहमन्त्री ओम प्रकाश अर्याललाई प्रयोग गरेर शाहले रोक्न लगाउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
उहाँले फेसबुकमा भन्नुभएको छ, ‘नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीमार्फत रोक लगाउने, अनि राजनीतिक दलहरूलाई दोषारोपण गर्दै आफू पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ।’
महासचिव पोखरेलले प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिइनुपर्नेमा जोड दिँदै एमालेको पूर्ण सहयोग रहने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्