जनता टाइम्स

७ कार्तिक २०८२, शुक्रबार १३:२०

अस्ताइन शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयाश गरेकी गायिका नीतू पौडेल


काठमाडौं, कात्तिक ७ । आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ ।

पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो । पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन ।

आत्मदाह प्रयाश स्वरुप आगो लगाएकी पौडेललाई उद्धार गरी कीर्तिपुर वर्न हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो । चिकित्सकले बचाउने प्रयाश गरे पनि जोगाउन नसकेको जानकारी दिएका छन ।