जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार २०:३५

नेपाल प्रहरीका पाँच एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस


काठमाडौं, कात्तिक ९ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको हो। समितिले वरिष्ठता, कार्यदक्षता, अनुशासन, र सेवा अवधिको मूल्यांकनका आधारमा यी अधिकृतहरूलाई सिफारिस गरेको बताइएको छ।

बढुवाका लागि सिफारिस सूचीमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाँचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन्।

बढुवा सिफारिस समिति गृहमन्त्रीको अध्यक्षतामा गठन गरिएको हुन्छ, जसमा गृह सचिव, प्रहरी महानिरीक्षक (आईजीपी), र लोकसेवा आयोगका प्रतिनिधि सदस्य रहने गर्छन्। समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्रै औपचारिक रूपमा बढुवा हुने प्रावधान छ।