काठमाडौं, कात्तिक ९ । गृह मन्त्रालयले आइतबार ठूलो प्रशासनिक हेरफेर गरेकाे छ । मन्त्रालयले ३६ जना सहसचिवहरूको सरुवा गरेको छ। सरुवामा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत हेरफेर भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुकाे सरुवा गरिएको हो। मन्त्रालयका अनुसार यो सरुवा नियमित प्रशासनिक व्यवस्थापन र कार्यसम्पादन सुधारको उद्देश्यले गरिएको हाे ।
सरुवा सूचीअनुसार ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी एक जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण भएका छन् भने केही नयाँ सहसचिवलाई पनि सीडीओको जिम्मेवारी दिइएको छ। बाँकी ५ जना सहसचिवहरू मन्त्रालयका विभिन्न शाखा, विभाग र निकायहरूमा पदस्थापन भएका छन्।
यसअघि असोज महिनामा गृह मन्त्रालयले केही मात्र हेरफेर गरेको थियो। तर, यसपटकको निर्णयलाई नयाँ मन्त्री आएपछि मन्त्रालयभित्रको हालसम्मकै ठूलो सरुवा हाे ।














प्रतिक्रिया दिनुहोस्