बुटवल, कातिक १३ । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उहाँ भाषण गर्दागदै बेहोस भएर ढल्नुभएको थियो ।
उहाँलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।
६५ वर्षीय गौतम हृदयघातका भएर ढल्नुभएको थियो।अस्पताल पुर्याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको घोषणा गरेका बस्यालले बताउनुभयो ।बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो। २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्