जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार ०७:३१

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु


काठमाडौं, कात्तिक १६ । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५ सय ९७ वटा विपद्जन्य घटना भएको छ । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबार (कात्तिक १५) सम्म ३ सय ३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् । १ हजार २ सय ६४ जना घाइते भएका छन् ।

बाढीका मात्रै ३ सय १६ घटना हुँदा ३७ को मृत्यु र २७ जना बेपत्ता भएका छन् । पहिरोका ५ सय ५० घटना हुँदा ६७ को मृत्यु र चारजना बेपत्ता भएका छन् ।

चट्याङका ३ सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । सर्पदंशका ५ सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

जनावरको आक्रमणका २ सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता भएका छन् । लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका ४ सय २० घटनामा सात, आगलागीका एक हजार ६ सय १४ घटनामा २६ र हुरीबतासका २ सय ८६ घटनामा आठजनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिनुभयाे । हिउँपहिरोमा परी नौजना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।

शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुईजनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।