जनता टाइम्स

२० कार्तिक २०८२, बिहीबार १४:११

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन


काठमाडौँ, २० कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गर्नुभएको थियो । त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुग्नुभएको थियो ।