जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार १९:२९

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिकाका वडामा विस्तारित भेला


रुपन्देही, कात्तिक २२ । नेकपा (एमाले) ले प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउनका लागि देशैभरि जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय बमोजिम आज रुपन्देहीका ३ वटा पालिका बाहेक अन्य सबै पालिका अन्तर्गतका वडामा विस्तारित भेला सम्पन्न गरेको छ ।

वडा स्तरीय विस्तारित भेलाको आवश्यक ब्यवस्थापन सम्बन्धित पालिका कमिटीले गरेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख वक्ताहरुले जनताको बलिदानीपूर्ण संघर्षबाट निर्माण भएको नेपालको संविधान २०७२ लाई निस्तेज बनाउने गम्भीर षड्यन्त्र भइरहेको बताउनुभएको थियो ।

जेन्जीको आन्दोलनका नाममा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको सार्वभौमसत्तालाई नै कमजोर बनाउने शक्तिहरु सल्बलाइ रहेको हुँदा यस्तो अवस्थामा पार्टीलाई वैचारिक र राजनीतिक रुपमा एकताबद्ध र क्रियाशील बनाउँदै जनताकाबीचमा जानुपर्ने कुरामा वक्ताहरुको जोड दिनुभएको जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सचिव बालकृष्ण पाण्डेले जानकारी गराउनुभएको हो । विभिन्न वडामा सम्बोधन गर्दै पार्टीका नेताहरुले एमालेले गएको आम चुनावदेखि नै नयाँ पुस्तालाई प्रमुख राजनीतिक दलहरुबाट अलग गर्ने नियोजित प्रयत्न भएको विश्लेषण गरेर नै युवाहरु बिचको पार्टी काममा जोड दिने नीति अवलम्बन गर्दै आएको वक्ताहरुको भनाई रहेको थियो ।

बुटवल : बुटवल उपमहानगरपालिकामा १७ वटा वडामा भेला सम्पन्न भएको छ भने २ वटामा २३ गते सम्पन्न हुनेछ । बुटवल–१ मा मेघराज भट्टराई, २ मा कुमार थापा, ३ मा राजु गुरुङ्ग, ५ मा तेजेन्द्र के.सी., ६ मा बिमला श्रेष्ठ, ७ मा गोमा आचार्य, ८ मा सावित्रा अर्याल, ९ मा जलिल मिया, १० मा बाबुराम भट्टराई, ११ मा दधिराम न्यौपाने, १२ मा बाबुराम पन्थी, १३ मा शिवराज सुवेदी, १४ मा नरबहादुर घर्ति, १६ मा कल्पना थापा, १७ मा तुलसीप्रसाद चौधरी, १८ मा किसन ज्ञवाली, १९ मा ज्ञानु के.सी.ले सम्बोधन गर्नुभएको थियो भने पालिकाका सबै वडामा आवश्यक ब्यवस्थापन नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले गर्नुभएको थियो ।

तिलोत्तमा :तिलोत्तमा नगरपालिकामा १६ वटा वडामा विस्तारित भेला सम्पन्न भएका छन् । जस अन्तर्गत वडा नं.–१ मा लिला गिरी, २ मा मोहन चापागाई, ३ मा खुमाकान्त पौडेल, ४ मा बासुदेव घिमिरे, ६ मा क्षमा अधिकारी, ७ मा सावित्रा घिमिरे, ८ मा यज्ञ गैरे, ९ मा लिला गिरी, १० मा सागर माली, ११ मा बुद्धिसागर भट्टराई, १२ मा सुरेन्द्र श्री, १३ मा माधव पाठक, १४ मा विश्वराज बराल, १५ मा क्षितिजा पौडेल, १६ मा केशव चौधरी र १७ मा जागेश्वरी चौधरीले सम्बोधन गर्नुभएको थियो । तिलोत्तमा नगरभित्र रहनुभएका जिल्ला र सो भन्दा माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्नुहुने नेताहरु समेत कार्यक्रममा सहभागी भई आफ्नो भनाई राख्नुभएको भेलाहरुको ब्यवस्थापन नगर अध्यक्ष मिनप्रसाद पोखरेलले गर्नुभएको थियो ।

सैनामैना  : सैनामैना नगरपालिका अन्तर्गतका १० वटा वडामा भेला सम्पन्न भएको छ । भेलाहरुमध्ये सैनामैना वडा नंं–१ मा खुशिराम चौधरी, २ मा मिनप्रसाद पौडेल, ३ मा खशिराम चौधरी, ४ मा मिनप्रसाद पौडेल, ५ मा जिवनाथ पाण्डे, ६ मा खड्गबहादुर कुँवर, ७ मा चेतनारायण न्यौपाने, ८ मा शिवराज न्यौपाने, १० मा चेतनारायाण् न्यौपाने र ११ मा भुमिलाल सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

देवदह : देवदह नगरपालिका अन्तर्गतका वडाहरुमध्ये १ मा केशुमाया राना, २ र ३ मा प्रजापति सापकोटा, ४ मा चक्रपाणी तिवारी, ५ मा प्रकाश अर्याल, ७ मा सिता बस्याल, ८ मा डिल्लीनारायण पन्थ, ११ र १२ मा अजय रौनियारले सम्बोधन गनुृभएको थियो ।

सिद्धार्थनगर : सिद्धार्थनगर नगरपालिका अन्तर्गतका वडामध्ये १ मा लक्ष्मी के.सी., ३ र ७ मा हितराज पन्थी, ६ र ११ मा हरि अधिकारी, ८ मा राजेन्द्र पन्थी, १३ मा सागर अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

लुम्बिनी  : लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गतका वडा नं. १ मा कल्पना हरिजन, ३ मा एकराहद्धिन नाउ, ५ मा विन्देश्वरी कहार, १० मा गोविन्द ज्ञवाली र ११ मा अब्दुल रहमान खाँनले सम्बोधन गर्नुभएको थियो ।

शुद्धोधन : शुद्धोधन गाउँपालिका अन्तर्गतका ७ वटै वडामा विस्तारित भेला सम्पन्न भएको छ । जसको वडा नं. –१ मा नरबहादुर घर्ति र शान्ता ज्ञवली, २ नारायण घिमिर, ३ मा तुलसीप्रसाद चौधरी, ४ मा धना बराल, ५ मा किरण नेपाल, ६ र ७ मा विष्णु गौतमले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमहरुमा जिल्ला कमिटीका सदस्यहरु किसुनचन्द्र चौधरी, कृष्ण काफ्ले, पालिका कमिटी अध्यक्ष राजेन्द्र कँडेल लगायतले समेत बोल्नुभएको थियो ।

सम्मरीमाई : सम्मरीमाई गाउँपालिकाको ६ वटा वडामा भेला सम्पन्न भएको छ । भेलालाई मुस्लिम खान, हद्धिस देवान, लालबदन सिंह, दशरथ हरिजन, केशव मल्लाह, प्रदेशी केवटले सम्बोधन गर्नुभएको थियो ।

मर्चवारीमाई : मर्चवारीमाई गाउँपालिका भित्रका ७ वटै वडाका पदाधिकारी तथा सदस्यहरु एकै ठाउँमा राखेर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कमलेश यादव र पालिका कमिटी अध्यक्ष केशरनाथ गिरीले सम्बोधन गर्नुभएको थियो ।

मायादेवी : मायादेवी गाउँपालिका अन्तर्गतका ८ वटै वडामा भेला सम्पन्न भएका छन् । भेलामा प्रदेशसभा सदस्य समेत रहनुभएको जिल्ला सचिवालय सदस्य शान्ति लोध, जिल्ला कमिटी सदस्य तारिक खान, साधुसरण साहनी, रिना चौधरी, लाला लोध, श्री निवास यादव, गोमा कार्की लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

कोटहीमाई : कोटहीमाई गाउँपालिकाका ७ वटै वडामा भेला सम्पन्न भएका छन् । वडा भेलामा जिल्ला उपसचिव सुनिता ठठेर, पालिकाका नेताहरु राजकुमार गौड, माया साहनी, महेश्वर मुराउ, किसलावती लोधले सम्बोधन गर्नुभएको थियो ।

गैडहवा : गैडहवा गाउँपालिका अन्तर्गतका वडाहरुमध्ये १ मा बिन्दु श्रीस, २ मा रामचन्द्र यादव, ३ मा टिकाराम रिजाल, ४ मा पशुपति यादव, ५ मा दुर्गा आचार्य, ६ मा कृष्ण घिमिरे, तिलक रिजाल, ७ मा सन्दिप गुप्ता, ८ र ९ मा भुवनबहादुर रानाले आफ्नो भनाई राख्नुभएको थियो ।